neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जना पक्राउ

Mar 26th, 2021

पर्सा, चैत १३

मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई वीरगंज महनगरपालिका–१३ बाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–११ ठेगाना भएका २१ वर्षीय दिपक महतो, १९ वर्षीय रबिन्द्र महतो र पर्सा पोखरिया नगरपालिका–१ बस्ने २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुले चलाई ल्याएको पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा नम्बर प्लेट र बिलबुक समेत नभएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उनीहरुले चोरी गरी ल्याएको खुल्न आएको हो । उनीहरु उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi