neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्पेन

सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्पेन

Mar 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १३

फिफा विश्वकप फुटबलको युरोपियन छनोटको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएको छ । बिहीबार राति भएको समूह (बी) को खेलमा स्पेनले ग्रिससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा स्पेनको लागि एल्वारो मोराटाले एक गोल गरे भने ग्रिसको लागि अनास्तासियोस बाकासेटासले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने स्पेनले लिएको थियो। खेलको ३३ औं मिनेटमा एल्वारो मोराटाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ५६ औं मिनेटमा ग्रिसका अनास्तासियोस बाकासेटासले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै स्पेन र ग्रिसले एक एक अंक बाढेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi