neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबबीच एमओयु , ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबबीच एमओयु , ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

Mar 25th, 2021

काठमाडौ, चैत १२

नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले आज बिहीबार समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा यही चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना गरिनेछ । यसपछि पाँच वर्षसम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।

अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं पर्यटन सभापति अर्जुनप्रसाद शर्माले जानकारी दिनुभयो । “यसखालका प्रतियोगिताले कोभिड १९ पछि खस्किएको पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ”, शर्माले भन्नुभयो ।