neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ

एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ

Mar 25th, 2021

ललितपुर, चैत १२
ललितपुर महानगरपालिका–१४ खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका ३० वर्षीय भेष बहादुर थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ बिशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi