काठमाडौ, चैत १२
नक्कली नोट सहित दुई पक्राउ दुुई व्यक्ति पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार बुुधबार अन्दाजी २०ः३० बजेको समयमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका १४ कलंकी स्थित फुटपाथमा तरकारी किन्ने क्रममा जिल्ला मकवानपुर गढी गाउपालिका १ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने वर्ष ३९ को माया तामाङ ले जाली (नक्कली) नेपाली नोट लिई आएको भनि प्राप्त खबर प्राप्त भएको थियो ।
सो पश्चात महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी कर्मचारीहरुले हुलियाको आधारमा खोज तलास गरी माया तामाङलाई नियन्त्रण लिई चेक जाँच गर्दा नौ थान पाँच सयको दरले जाली नोट फेला पारी तामाङलाई नियन्त्रणमा लिई वृत्त कालिमाटीमा राखी थप अनुसन्धान गर्दा उनको वयान आधारमा अनुसार जिल्ला रौतहट गुजरा नगरपालिका वडा नं २ घर भई हाल काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष ३५ को गन बहादुर लोप्चानको कोठामा खानतलासी गदा जाली नोट र जाली नोट बनाउने सामानहरु सहित उनीहरु पक्राउ परेका हुुन ।
उनीहरुको साथबाट एक हजार दरको ५१ थान, पाँच सय दरको ५७ थान र एक सय दरको दुुई थान जाली नोट बरामद भएको छ । यसको अतिरिक्त प्रिन्टर मेसिन एक थान,फोटो कपी पेपर एक थान, पेपर कटर एक थान, स्केल थान एक थान, मोबाईल दुई थान, ल्यापटप एक थान र प्रिन्टर मेसिन चार थान बरामद भएको छ । उनीहरु उपर महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अपराध अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।