neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने “नबिल आई कार्ड”

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने “नबिल आई कार्ड”

Mar 24th, 2021

काठमाडौ, चैत ११

अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युु एस डलर नबिल आई कार्ड ल्याएको छ । बैकका अनुसार यसबाट बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर पाँच सय बराबरको ई कर्मस साईट्स मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन । सो कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै प्यान कार्ड पनि अनिवार्य हुने छ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर पााच सय बराबर को परिवर्त्य विदेशी मुद«ाको सटही गर्न सक्नेछन ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमानविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।