neapl investment mega bank

राप्रपा प्रवेशको लहर

Mar 23rd, 2021

काठमाडौ, चैत १०

ठूला भनिएका राजनीतिक पार्टीहरुको काम कारवाहीप्रति वितृष्णा पैदा भएर राप्रपातिर प्रवेश गर्नेहरुको लहर चलिरहेको बेलामा आज पाँचथर, काठमाडौं, दाङ, बाँके लगायतका जिल्लाबाट दर्जनौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नुभएको छ ।

पार्टी अध्यक्ष कमल थापाले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गरी राप्रपामा स्वागत गर्दै पार्टीलाई मजबुद बनाउन नवप्रवेशीहरुको महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको बताउनुभयो । आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश गर्नुहुनेमा पाँचथरबाट दिव्य विक्रम जवेगु, तुलबी शेर्मा, देवेन्द्र खत्री, राजेन्द्र कुमार खत्री, भिम बहादुर लिङदेन, निरु पोखरेल खत्री, रेखा खत्री, सरिता खत्री, श्रीहाङ एकतिन, राम थाम्सुहाङ, शनिष चेम्जोङ, काठमाडौंबाट आशुतोष श्रेष्ठ, सुवर्ण श्रेष्ठ, दाङबाट जगत चौधरी, बाँकेबाट यज्ञ सिंह ठकुरी लगायत हुनुहुन्थ्यो ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य तेजकुमार कुरुम्वाङ तथा केन्न्द्रीय सदस्य सुनिता कुरुम्वाङको सक्रियतामा राप्रपामा प्रवेश गरेका नवप्रवेशीहरुले पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसात गर्दै संगठन निर्माणमा अहोरात्र खट्ने बताउनुभएको थियो ।