neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकद्वारा सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

ग्लोबल आइएमई बैंकद्वारा सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

Mar 22nd, 2021

काठमाडौ, चैत ९

ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ ।

बैंकले, सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको यो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलु दूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गरेकीहुन । उक्त शाखारहित बैंकिङ्ग सेवाकालागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको बैकले जनाएँको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवालिन सक्नेछन् ।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।‘ सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।