काठमाडौ, चैत ९
सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि.का अध्यक्ष सौरभ ज्योति नेपालमा रहेका आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन सदैव अगाडि रहेकाछन । नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस‘ बास्किन रोबिन्स’ लाई ग्रेभिस फुड प्रा.लि. को साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ ।
विश्वमै सबै भन्दा बढी रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रीम ब्रान्ड हुने लक्ष्य िलएर अघि बढेको यो कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधादायक सेवा प्रदान गर्ने अठोट लिएको छ । सन् २०१७ देखिसन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि.को नाममा ज्योति ग्रुपले एफएमसिजी उद्योगको स्थापना गरेको हो । वर्षौं देखि आइसक्रीमको कारोबार गर्दै आएको यो कम्पनीले द्रुतगतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ । समग्ररुपमा भन्ने हो भने यो कम्पनी हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।
बास्किन रोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । तपार्इंलाई हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किदै आएको छ जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् । यस ब्रान्डले निरन्तररुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नविकरण गर्दै जानेछ । ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजालिन सक्नेछन । यसका साथै यस कम्पनीले दैनिकरुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायमगरेको छ जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्दछ ।