neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजी फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा,एमबाप्पे गरे दुई गोल

पीएसजी फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा,एमबाप्पे गरे दुई गोल

Mar 22nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ९
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई उसकै मैदानमा ४-२ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई ,डेनिलो पेरेरा र एन्जेल डि मारियाले एक-एक गोल गरे । पीएसजीले दुई गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३२ औं मिनेटमा डेनिलो पेरेरा ले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४७ औं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।५२ औं मिनेटमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

खेलको ६२ औं मिनेटमा लियोनका इस्लाम स्लिमनीले गोल गर्दै ४-१ को स्थितिमा ल्याए ।त्यसपछि ८१ औं मिनेटमा माक्सवेल कोर्नेटले गोल गर्दै ४-२ को स्थितिमा ल्याए ।त्यसपछि कुनै गोल हुन सकेन र पीएसजीले जित निकालेको हो ।

जितसँगै पीएसजीले ३० खेलबाट ६३ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । पराजित लियोनको ३० खेलबाट ६० अंक सहित तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi