neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंकको २०५ औं शाखा दैलेखको नारायण नगरपालिकामा

नेपाल बैंकको २०५ औं शाखा दैलेखको नारायण नगरपालिकामा

Mar 21st, 2021

काठमाडौ, चैत ८
नेपाल बैंक लिमिटेडले आफ्नो २०५ औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । यही चैत चार गते बुधवार नेपाल बैंक लिमिटेड सन्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका हुुन ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिका प्रमुख रत्नबहादुर खड्का र दैलेख जिल्ला उध्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बि.क. बिशिष्ट अतिथी रहनुभएको उद्घाटन समाहरोहमा जनप्रतिनिधी, ब्यापारी÷ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राखे । नगर प्रमुख रत्नबहादुर खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकोले सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्ष रहेको धारण राखे । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको बिशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गलाई अनुरोध गरेकाछन ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णालीतथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिती रहेकोे थियो । वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक गणेश के.सि.ले सन्चालन गरेको उक्त कार्यक्रममा प्रादेशिक कार्यालयका प्रवन्धक धर्मराज कोईरालाले स्वागत मन्तब्य दिएका थिए भने शाखाप्रवन्धक श्याम महताराले अतिथी सत्कार ब्यवस्थापन गरेका थिए ।