neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल बैंकले सातै प्रदेशमा ग्लोबल मनी विक मनाउने

सिभिल बैंकले सातै प्रदेशमा ग्लोबल मनी विक मनाउने

Mar 21st, 2021

काठमाडौ, चैत ८

“समृद्धिको लागि सिभिल बैंक” भन्ने नारा बोकी अगाडि बढी रहेको सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदै छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजन गर्ने जनाएको छ ।

यस अन्र्तगत चैत्र ९ गते : प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमाक्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने बैकले जनाएको छ । यसैगरी चैत्र १० गते : प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोडमार्फत भुक्तानीको थालनी गर्ने छ । यसैगरी चैत्र ११गते :बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गर्ने तयारी बैंकले गरेको छ ।

बैकले चैत्र १२ गते भने गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्ने छ भने चैत्र १३ गते :लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम गनेृ छ । यसैगरी चैत्र १४ गते :कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम गर्ने छ भने चैत्र १५ गते :सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गनेृ छ ।

बित्तीय साक्षरता कार्यक्रमहरुमा अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ । साथै बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युति यमाध्यमहरु (मोवाइलएप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना बनाएको छ ।

द्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ । साथै बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युति यमाध्यमहरु (मोवाइलएप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना बनाएको छ ।