neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एक महिनामा ५७ जना बालबालिकासहित १ सय ३ जना पीडित

एक महिनामा ५७ जना बालबालिकासहित १ सय ३ जना पीडित

Mar 21st, 2021

काठमाडौ, चैत ८

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक महिनामा ५७ जना बालबालिकासहित १ सय ३ जना पीडित भएका जनाएको छ । फागुन महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचारका अनुसार विभिन्न घटनामा परी १ सय ३ जना पीडित भएका चैत ७ गते प्रकाशित मासिक विश्लेषणमा उल्लेख छ ।

‘बाल अधिकार उल्लङ्घनका घटनामा एक जना बालकसहित ५७ जना बालबालिका पीडित भए । त्यसैगरी महिला अधिकार उल्लङ्घन अन्तर्गत २५ जना महिला पीडित भए । अन्य घटनामा १० जना महिला र ११ जना पुरुष गरी २१ जना पीडित भए ।’–विश्लेषणमा भनिएको छ ।

प्रकाशित विश्लेषण अनुसार यो अवधिमा बलात्कार घटनाबाट ३१ जना बालिका र १८ जना महिला पीडित भए भने यौन दुर्व्यवहारका घटनामा परी एक जना बालक, १८ जना बालिका र एक जना महिला पीडित भए ।

अपराधका घटनामा कमी नआएको भन्दै विश्लेषणमार्फत त्यस्ता घटना रोकथाम गर्नु तथा भएका घटनाको छानविन र कारवाहीको दायरामा ल्याएर कानुनी कारवाहीलाई तिव्रता दिनु सरकारको दायित्व हुने कुरा स्मरण गराइएको छ ।यस्ता घटनाले समाजको हिंस्रक रूपलाई उजागर गरेको छ । यस्ता घटनाको अन्त्यका लागि घरपरिवार र समाज निकै चनाखो हुनु आवश्यक रहेको पनि इन्सेकले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi