neapl investment mega bank
  • गृहपृष्ठ
  • साताको पहिलो कारोवार दिन नै ६३ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोवार दिन नै ६३ अंकले बढ्यो नेप्से

Mar 21st, 2021

काठमाडौ, चैत ८

साताको पहिलो कारोवार दिन नै नेप्से ६३ अंकले बढेको छ । आज आईतबार नेप्से ६३ दसमलव ३८ अंकले बढेर २५ सय ३८ दसमलव ४६ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ४४ अंकले बढेर चार सय ५३ दसमलव ५९ अंकमा चढेको छ । आज दुई सय छ वटा कम्पनीहरुको ८० हजार नौ सय ८६ पटकको कारोवारमा एक करोड २४ लाख ३० हजार दुुई कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार पाँच सय ६९ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ५२ अंकले बढेर १७ सय ८८ दसमलव ७६ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुुचक पनि १३ दसमलव आठ अंकले बढेर २१ सय २२ दसमलव ६३ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा मिथिला लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा ग्रिन लाईफ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बंगलादेश बैंक परेको छ ।