neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्न म्युनिखको जितमा लेवान्डोव्स्कीले गरे ह्याट्रिक

बायर्न म्युनिखको जितमा लेवान्डोव्स्कीले गरे ह्याट्रिक

Mar 20th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ७

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले स्टटगार्टलाई ४-० गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक र सर्ज जिनाब्रीले एक गोल गरे ।

खेलको १२ औं मिनेटमा बायर्न १० खेलाडीमा सीमित भएको थियो । बायर्नका अल्फोन्सो डेभिसले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

खेलको १७ औं मिनेटमा बायर्नका लेवान्डोव्स्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।लगत्तै २३ औं मिनेटमा लेवान्डोव्स्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ३९ औं मिनेटमा लेवान्डोव्स्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ४-० को सानदार जित दिलाए ।

जितसँगै बायर्नले २६ खेलबाट ६१ अंक जोडेको छ र शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।पराजित स्टटगार्टको ३६ अंक छ आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi