neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकले ब्यक्तिगत मुद्धती खातामा घोषणा गर्यो वार्षिक सात दसमलव ५१ प्रतिसतको ब्याजदर

नबिल बैंकले ब्यक्तिगत मुद्धती खातामा घोषणा गर्यो वार्षिक सात दसमलव ५१ प्रतिसतको ब्याजदर

Mar 20th, 2021

काठमाडौ, चैत ७

नबिल बैंकले स‘गै अघि बढ्ने आफ्नो उद्देश्य अनुरुप, सम्भव भएसम्म धेरैलाई ढुक्क पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउन्ँेछ भन्ने बैंकले आशा गरेको छ ।

नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्धती खाताको ब्याजदरलाई बढाएर सात दसमलव ५१ प्रकासित गरेको छ, जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्धती खाताहरुमा लागू हुनेछ । यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्धती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ । सन् १९८४ देखि आफ्नाग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ ।

नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ । नबिल बैंक ग्राहकस‘ग एउटा परिवार जस्तै गरी सँगै अघि बढ्नेमा विश्वास गरेको बैंकले जनाएको छ ।