neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकामा संयुक्त रुपमा सर-सफाई अभियान तिब्र

महालक्ष्मी नगरपालिकामा संयुक्त रुपमा सर-सफाई अभियान तिब्र

Mar 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत ७

महालक्ष्मी नगरपालिकाको वडा नं. ७ र सिर्जनसिप सेवा प्रा.लि.ले संयुक्त रुपमा सरसफाईको आयोजना गरी चङ्गाथलि क्लब देखि नर्कटे सम्म सडकमा भएको फोहोर सफाईको आयोजना गरेको छ । कार्यक्रममा ललितपुर क्षेत्र नंं. २ का सभासद तथा बागमती प्रदेश सभा समितीका सभापति माधव पौडेल, महालक्ष्मी नगरपालिकाका उपमेयर निर्मला थापा र महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापा लगायत विभिन्न स्थानीय वासीको बाक्लो उपस्थिति रहेको थिए ।

त्यस्तै गोदावरी खोला सरसफाइ अबियन्ता तथा मोतेश्वर समाज सुधार समितिका अध्यक्ष मोहन के.सी.ले गोदावरी खोलाका दायाँ वायाँमा रहेका प्राईभेट पानी व्यापारीहरुलाई आफ्नो व्यवसाय छिट्टै हटाउन माग पनि गरे । यदि बेलैमा नहटाए जस्तो सुकै कारवाही गर्ने चेतावनी दिए । महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार सिल्वाले सबै नागरिक सचेत भएमा नदी-नाला सधै सफा रहने बताए । गोदावरी खोला क्षेत्र सर-सफाई अभियानका १०७ औं की संयोजक बेबी राजभण्डारीको पनि सहभागीता भएकी थिइन ।


aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi