neapl investment mega bank
  • गृहपृष्ठ
  • एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

Mar 20th, 2021

काठमाडौँ, ७ चैत /रासस

नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताउनुभयो । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।