neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालन

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालन

Mar 19th, 2021

काठमाडौ, चैत ६

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालनमा ल्याएको छ । अहिलेको परिस्थितिमा ग्राहकलाई भौतिक रुपमा बैंक र एटीएमसम्म आइरहनुपर्ने अवस्थालाई कम गर्न यो डिजिटल वालेट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यो वालेटबाट ग्राहकले सजिलै आफ्नै स्मार्टफोनबाट पैसा पठाउन सक्ने बैंकले जनाएको छ । हालै राष्ट्रले बैंकले मोबाइल बैंकिङबाट पठाउन मिल्ने नगदको सीमा बढाएको केही हप्तामै बैंकले आफ्नो डिजिटल वालेट ‘थैली’ सञ्चालनमा ल्याएको हो। यो वालेटमार्फत बैंकका ग्राहकले सजिलै र सुरक्षित तरिकाले पैसा पठाउन, पाउन र खाता विवरण हेर्न सक्ने बैंकले जनाएको छ। यसबापत कुनै शुल्क नलाग्ने पनि बैंकले स्पष्ट पारेको छ ।

थैलीको मोबाइल एप र वेब पोर्टल थैली डट कम डट एनपीमार्फत ग्राहकले आफ्नो बैंक खाता लिंक गर्न सक्ने बैंकले जनाएको छ । थैली वालेट प्रयोगले निःशुल्क रुपमा आपसमा रकम लेनदेन गर्न सक्ने पनि बैंकले जनाएको छ । थैली वालेटमार्फत विभिन्न पी टु पी फन्ड ट्रान्सफर, क्यास इन, क्यास आउटलगायतका कार्य अन्य एजेन्ट नेटवर्क, एजेन्स र मर्चेन्टहरुबाट रकम पठाउने र पाउने सुविधा छिटै थपिने बैंकले जनाएको छ ।

यसैगरी बैंकले थैली ओभरड्राफेट कर्जा सेवा पनि सार्वजनिक गरेको छ । यो कर्जा सेवाको मुख्य उद्देश्य भनेको साना तथा मझौला उद्यम कर्जा, किराना स्टोरहरुलाई ओभरड्राफ्ट, मर्चेन्ट र साना व्यवसायीहरुलाई कर्जा सुविधा दिनु नै रहेको बैंकले जनाएको छ ।