neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौंवार्षिक साधारण सभा सम्पन्न

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौंवार्षिक साधारण सभा सम्पन्न

Mar 19th, 2021

काठमाडौ, चैत ६

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) को नवौं ंवार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले यही चैत पाँच गते अर्थात बिहिबार काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । वित्तीय संंस्थाका अध्यक्ष सचिनजङ्ग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

प्रमुख अतिथिकोरुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले विगत केहीवर्ष यतादेखि आशालाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिए । गाउँ बस्तीमा रहेका विपन्नव र्गका घरदैलोमा पुगेर सेवा दिई गरीबलाई धनी बनाउने पुण्य कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित भएकीछन । कार्यक्रमका सभापति रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रितहरुप्रति आभार व्यक्त गर्दै साधारण सभा सफल बनाएको धन्यवाद दिए ।

संस्थाले हालसम्म ५५ वटा शाखा कार्यालयहरु मार्फत २९ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघु वित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।