neapl investment mega bank
  • गृहपृष्ठ
  • सामान्य अवस्थामा भन्दा महामारीकै बिचमा बढि कर्जा प्रवाह, साढे १० प्रतिशतको बृद्धि

सामान्य अवस्थामा भन्दा महामारीकै बिचमा बढि कर्जा प्रवाह, साढे १० प्रतिशतको बृद्धि

Mar 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत ६

महामारीका बिचमा पनि बैकहरुबाट कर्जा प्रवाह भने आकर्षक मात्रामा बृद्धि भएको छ । व्यवसायीले व्यवसाय सञ्चालनका लागि थप रकमका साथै अन्य आवश्यक रकम निकालेका कारण कर्जा बढेको देखिएको हो ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.१ प्रतिशतले बढेको थियो । जबकी २०७७ माघ मसान्तमा यस्तो कर्जा २१.८ प्रतिशतले बढेको छ ।

माघ मसान्तसम्म मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.५ प्रतिशतले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १७.२ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १७.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.४ प्रतिशतले बढेको छ ।

२०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति(कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।२०७६ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३.१ प्रतिशतले बढेको छ ।

माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ५.९ प्रतिशतले घटेको छ ।

त्यस्तै माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.४ प्रतिशतले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.४ प्रतिशतले बढेको छ ।

२०७७ माघमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३३.९ प्रतिशत र ४८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत रहेको थियो ।२०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.० प्रतिशत रहेको छ । २०७६ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।