neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल फाईनान्सको पाँचौं शाखा नवलपरासीमा

नेपाल फाईनान्सको पाँचौं शाखा नवलपरासीमा

Mar 18th, 2021

काठमाडौ, चैत ५

नेपाल फाइनान्स लिमिटेडले आफ्नो पाँचौ शाखा कार्यालय चैत पाँच गते बिहिबार नबलपरासी जिल्लाको गैडाकोट न.पा.को वडा नं. ४ गैडाकोट बजारमा शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ संस्थाका संचालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरेका हुन । कार्यक्रममा संस्थाका संचालकहरु चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम, स्थानीय बुद्धिजीवी तथा प्रतिष्ठित व्याबसायीहरु महेन्द्रध्वज जि.सी., श्री अमृत भट्टचन, गोपाल सापकोटा चित्रध्वज जि.सी लगायतको उपस्थिति रहेको थियो ।

निजि क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोको बनेपा र रुपन्देहीको मुर्गिया शाखा कार्यालय संचालनमा ल्याइसकेको छ । त्यसैगरी फाईनान्सले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरीसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ । त्यसैगरीसंस्थाले कास्कीको माच्छापुच्छे« गाउपालिका, जनकपुरको धनुषाधाम, हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आ.ब.मा संचालनमा ल्याउने गरी तयारी गरिसकेको छ । यस संगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैंकिग सेवा समेत छिट्टै संचालनमा ल्याउने गरी तयारी गरीसकेको छ ।