neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमै पहिलो पटक १० हजार लिटरको एस.एस. ट्याँकी

नेपालमै पहिलो पटक १० हजार लिटरको एस.एस. ट्याँकी

Mar 18th, 2021

काठमाडौ, चैत ५

पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । आज एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरेका हुुन ।

उद्योगले बिहिबार बाट नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्नेछ । भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एस. एस. ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको छ । नेपाल मै पहिलो पटक १० हजार लिटरको एस. एस. ट्याङ्की यस उद्योगबाट उत्पादन हुनेछ र यस उद्योगले दुुई सय ५० देखि १० हजार लिटर सम्मको भर्टिकल तथा होरिजन्टल एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८० हजार वटा ३०४ तथा ३१६ ग्रेडका एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । हाल काठमाडौं स्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्रि गर्ने उद्देश्य राखेको जानकारी समूहकाउप–महाप्रबन्धक देवेन्द्र साहुले गराए ।

कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलो पटक २०६९ सालदेखि एस. एस. ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको थियो ।