काठमाडौ, चैत ५
विश्व रिसाइक्लिङ दिवसको अवसरमा कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौँ उपत्यकामा १० सूचनामूलक पीईटी कलेक्सन बिन स्थापना गर्ने घोषणा गरेको छ । जुन कार्यको सुरुवात स्थानीय अधिकारीहरुको सहकार्यमा अगस्ट २०२० मा शुरु भएको थियो । ‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने अभियान हो । यो अभियानले मानिसमा जागरुकता जगाउने र समुदायलाई प्रयोग भइसकेका बोतलहरूलाई प्रशोधन गरेपछि पुनः प्रयोगका लागि योग्य हुन्छन् भन्नेबारे शिक्षा दिने काम पनि गर्दछ ।
यसअघि प्रयोग भएका बोतलहरू राख्नका लागि स्वयम्भूनाथ स्तूपा, बौद्ध स्तूपा, पाटन अस्पताल, पाटन ढोका, पाटन दरबार स्क्वायर, त्रिभुवन विश्वविद्यालय र ललितपुर नगरपालिका सार्वजनिक पार्क जस्ता बाक्लो जनसंख्या भएका क्षेत्रमा राखिएको थियो । यी क्षेत्रमा यस्ता प्रयोग भइसकेका बोतलहरू प्रायः डिस्पोज गर्ने गरिन्छ ।
त्रिभुवन विश्व विद्यालयका प्रोक्टर, अबिलाल शाहले भने, ‘त्रिभुवन विश्वविद्यालयमा राखिएको बिनमा विद्यार्थी, प्राध्यापक र प्रशासनिक कर्मचारीले सकरात्मक प्रतिक्रिया दिएका छन् । त्रिभुवन विश्व विद्यालयमा राखिएको डिब्बा प्रायः सबैले प्रयोग गर्न भएकाले दुवै विद्यार्थी र आगन्तुकहरुका लागि यो उपयोगी भएको छ । हामी भविष्यमा अन्य सहयोगहरुका लागि समेत तत्पर छौँ । यस अभियानकै माध्यमबाट उपभोक्ताहरुलाई यी क्षेत्रहरूमा भएका बेला उनीहरूले प्रयोग गर्ने बोतललाई प्रयोगपछि पीईटी संकलन बिनमा राख्न प्रोत्साहित गरिनेछ । उपभोक्ताले डिस्पोजल गर्नुभन्दा अगाडि बोतल खाली र सफा छन÷छैनन्, कुल्चिएको छ÷छैन भनी सुनिश्चित गर्नु पर्दछ ।
सार्वजनिक जागरुकताका लागि डिस्पोजलको उचित चरण र प्रयोग भइसकेका बोतलहरुको रिसाइकल प्रक्रियाका बारेमा बोतल संकलन गर्न राखिएका बिनम ाविभिन्न जानकारी समेत लेखिएको छ । प्रयोग भइसकेका बोतलहरू पछि अन्य कामका लागि उपयोग गर्न सकिने भएकाले यसलाई फोहोरकोरुपमा वर्गीकरण गरिएको छैन । पीईटी प्लास्टिक सुरक्षित, हल्कावजन, किफायती, पारदर्शी, आकारयोग्य र शतप्रतिशत पुनः प्रयोग गर्न सकिने हुन्छ । “रिसाइक्लिङका लागि सार्वजनिक पूर्वाधार प्रदानगर्न चाहन्छौँ र रिसाइक्लिङ गर्दा हुने फाइदाका बारेमा मानिसलाई शिक्षित पार्न चाहन्छौ । डोको रिसायक्लर्सका सहसंस्थापक राघवेन्द्र महतो भन्छन, व्यवहारिक‚ डिस्पोजेबल‚ दीर्घकालीनरुपमा प्रयोग गर्न सकिने भएकाले पनि हामी फोहोर व्यवस्थापनमा सफल भएका छौं । बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशकप्रदीप पाण्डेले भन्नुभयो‚“हामीले पर्यावरण कर्मचारीकोरुपमा आफूलाई गम्भीरताका साथ लिएका छौं ।
जसका लागि हामी नेपालमा फोहोरजन्य वस्तुको पुनः प्रयोगका लागि नयाँ र सुधारिएका उपायहरू अपनाउने छौं । यस महत्वपूर्ण प्रयासमा स्थानीय सरकारको समर्थन र साझेदारीलाई अत्यन्तै सम्मान गर्छौं ।’ हरेक साता डोको रिसाइक्लरहरूद्वारा ती बिनबाट प्रयोग भइसकेका बोतलहरू संकलन गरिनेछ, र यसलाई पुनः प्रयोगयोग्य बनाउनका लागि निश्चित स्थानमा पठाइनेछ । फोहोरजन्य सामग्रीहरूलाई प्रशोधन गरेर नयाँ बोतल‚ कन्टेनरहरू र विभिन्न कपडा‚ कार्पेट बनाउन समेत सकिन्छ । हालसम्म डोको रिसाइक्लर्सले करिब दुई हजार पीईटी बोतलहरू संकलन गरिसकेको छ ।
२०१८ मा कोकाकोलाले २०३० सम्ममा सबै प्रयोग भइसकेका बोतलहरूलाई संकलन गर्दै त्यसलाई पुनः प्रयोगम ाल्याउने उद्देश्यका साथ ‘फोहोर बिनाको विश्व’ अभियानको घोषणा गरिसकेको छ । त्यसकै समर्थनमा नेपालमा पनि कोकाकोलाले यस अभियानलाई सफल पार्नका लागि नगरमित्र‚ रिफ्रेस एन्ड रिसाइकल जस्ता विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।