neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्रान्सपरेन्सी इन्टरनेशनलद्धारा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक

ट्रान्सपरेन्सी इन्टरनेशनलद्धारा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक

Mar 18th, 2021

काठमाडौ, चैत ५

ट्रान्सपरेन्सी इन्टरनेशनलले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । टान्सपरन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वास्थ्य क्षेत्रको सार्वजनिक खरिद प्रक्रियामा खुला करारलाई प्रश्रय दिन, सार्वजनिक खर्चमा जिम्मेवारीपन र पारदर्शिता प्रवर्धन गर्न स्वास्थ्य क्षेत्रमा खुला करार परियोजना सञ्चालन गरिरहेको छ ।

यसै सन्दर्भमा आज २०७७ चैत्र ५ गते यस संस्थाद्वारा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन स्वास्थ क्षेसंग सम्वन्धी दुुई प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमूख अतिथि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचीव दामोदर रेग्मी, विशेष अतिथी सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुबासचन्द्र शिवाकोटी, स्वास्थ्य ब्यवस्थापन शाखाका निर्देशक डा. भिमसिंह तिन्करी, प्रमुख अनुसन्धानकर्ता तथा टीआई नेपालका पदाधिकारीबाट संयुक्त रुपमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

मूलत संघिय ब्यवस्थाका साथै बागमती र प्रदेश २ केन्द्रित यी अध्ययनले खुला करारको अभ्यास मार्फत नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउनकालागि स्वास्थ्य सेवा प्रदायक ब्यवसायी, सरकारी निकाय र नागरिक समाजले आफ्नो भूमिका बढाउनु पर्ने कुरा इंगित गरेको छ । त्यसैगरी सार्वजनिक सेवाको गुणस्तरमा बृद्धि हुनुपर्ने, मूल्य र गुण्स्तरको अनुगमन नियमित हुनुपर्ने, खरिद प्रक्रियाका तथ्यांकको पारदर्शीतामा देखिएको कमीलाई सुधार्नुपर्ने जस्ता विषय प्रतिवेदनमा उठान गरिएका छन् । प्रस्तुत विषयमा अनुसन्धानकर्ताबाट संक्षिप्त प्रस्तुति र कार्यक्रमका वक्ताहरुबाट उक्त विषयमा आफ्ना धारणा ब्यक्त भएको थियो । स्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सार्वजनिक खरिदमा पारदर्शिताकासाथै नियमन निकाय र नागरिक स्तरबाट समेत नियमित रुपमा खवरदारीको आवश्यकता बारे कार्यक्रममा चर्चा भएको थियो । कार्यक्रमको अध्यक्षता ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले गरेका थिउ ।