काठमाडौ, चैत ५
हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबिले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ । माघ महिना देखी सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले अब नय“ा योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा सात दसमलव २५ प्रतिसतसम्म बाषर््िाक ब्याजदर (शुन्य दसमलव पाँच प्रिमियम सहित) तोकेको छ ।
हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।