neapl investment mega bank
  • गृहपृष्ठ
  • बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक

Mar 18th, 2021

काठमाडौ, चैत ५

माछापुच्छ्रे  बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलो पटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ«े बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषिउपज बजार समिति र कोहलपुरमा रहेको कृषिबजार व्यवस्थापन समिति अन्र्तगत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्यु.आर. कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्यु.आर. कोड सेवाको सुरुवात गरेका हुुन ।

उक्तक्युआर कोड सेवा सुरु भएसंगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्यु.आर.कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन भने नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषिउपज बजार तथा कोहलपुरमा रहेको कृषिबजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुलतथा लत्ताकपडाहरुको रकम समेत क्यु.आर. कोड बाट भुक्तानी गर्न सकिने छ ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानुन पर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ«े बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिला ेपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।