neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दुई प्रहरीलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

दुई प्रहरीलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

Mar 17th, 2021

काठमाडौँ, ४ चैत /रासस

नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड प्राप्त गर्नुभएको छ । अर्वाड प्राप्त गर्नेमा ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारी हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

गएको फागुनमा भर्चुअलसभामार्फत उक्त अवार्ड घोषणा गरिएकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आज एक समारोहका बीच प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्ड प्रदान गर्नुभयो । ब्युरोका निर्देशक थापाले पुरस्कृत हुने प्रहरी कर्मचारीलाई बधाई दिँदै उक्त पुरस्कारले प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको र अन्तरराष्ट्रिय जगतमा सङ्गठनको गरिमा बढाएको बताउनुभयो ।

विसं २०६२ भदौ १६ गते रसुवा साविक स्याफ्रु गाविस– ९ बाट पाटे बाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको हड्डी ११३ केजी आखेटोपहारसमेत बरामद भएको मुद्दामा शुरुदेखि नै फरार रहेका मुख्य अभियुक्त पक्राउ गरेकाले उक्त अवार्ड प्राप्त भएको बताइएको छ ।

हुम्लाका ५० वर्षीय कुञ्जोक लामा भन्ने कुञ्जोक छिरिङ तामाङलाई २०७७ असार ११ गते उक्त ब्युरोबाट खटिएको प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवामा बुझाएको थियो ।

एशियामा अन्तर्देशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिकरुपमा उक्त अवार्ड वितरण हुँदै आएको छ । यसअघि ब्युरोले सन् २०१८ मासमेत अवार्ड प्राप्त गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi