neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Mar 17th, 2021

काठमाडौं, चैत ४

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका–१ घर भएका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गानालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र १ करोड ८५ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय बेरुजु रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

ढुङ्गानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय सुकेधारामा उनकै नामको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएको घटनामा उच्च अदालत पाटनले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi