neapl investment mega bank
  • गृहपृष्ठ
  • तीन सय युवाहरुले उधमशिलताका लागि विना ब्याज तीन लाख रुपैयाँ पाउने

तीन सय युवाहरुले उधमशिलताका लागि विना ब्याज तीन लाख रुपैयाँ पाउने

Mar 17th, 2021

भक्तपुर, चैत ४

तीन सय युवाहरुले उधमशिलताका लागि विना ब्याज तीन लाख रुपैयाँ पाउने भएकाछन । चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना यही चैत तीन गतेदेखि चैत नौ गतेसम्म “सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता सात दिवसिय तालिम कार्यक्रम १० समुहमा तीन ७० जना लाई आज बाट शुरु भएको छ ।

चैत्र ०३ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सुरु भएको हो । उक्त कार्यक्रमको तालिम पश्चात् नेपाल बैंकले तीन सय जनालाई बिजनेश प्रपोजलका आधारमा पालिकाको जमानीमा तीन लाखको दरले विना ब्याज ऋण दिने सहमति भएको छ । उद्दघाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोडने बताउनु भयो साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल बैंकको तर्फ बाट सम्बोधन गर्दै डिपुटी सिईयो प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए र बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए ।

युवाहरुलाइ उधमशिलताका लागि विना ब्याज तीन लाख रुपिया प्राप्त गर्नेछन । मेयर उधमशिलता कार्यक्रम चलाउने चागुनारायन नगरपालिका देशकै पहिलो नगरपालिका हो ।