काठमाडौ, चैत ३
सन्राइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लू चिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५० दसमलव छ प्रतिशत इकाई बिक्री भइसकेको छ ।
क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५० दसमलव छ प्रतिशतइकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जानकारी दिएको छ । क्यापिटलले चैत्र १ गतेदेखि प्रति इकाई १० रुपैयाँअंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशतइकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
इकाई खरीदका लागि आवेदन दिन छिटोमा यही चैत चार गते अर्थात अब दुई दिनबाँकी रहेको क्यापिटलले जनाएको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२ दसमलव ३८ प्रतिशतप्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।