neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित,मेस्सीले गरे दुई गोल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित,मेस्सीले गरे दुई गोल

Mar 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ३

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ ।सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ह्युस्कालाई ४-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई,एन्टोइन ग्रीजम्यान र वोस्कार मिन्ग्गुएजाले एक(एक गोल गरे। ह्युस्काका राफा मिरले एक गोल गरे ।

खेलको १३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।३५ औँ मिनेटमा एन्टोइन ग्रीजम्यानले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी समयमा ह्युस्काका राफा मिरले पेनाल्टीमा गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५३ औं मिनेटमा वोस्कार मिन्ग्गुएजाले गोल गर्दै बार्सिलोनालाई ३-१ ले अघि बढाए।त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सानदार जित दिलाए ।

जितसंगै बार्सिलोनाले २७ खेलबाट ५९ अंक जोडेको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक छ । पराजित ह्युस्काको २७ खेलबाट २० अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi