neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सफ्टवेयर सोर्स कोड दुरूपयोग गरेको अभियोगमा ३ जना पक्राउ

सफ्टवेयर सोर्स कोड दुरूपयोग गरेको अभियोगमा ३ जना पक्राउ

Mar 15th, 2021

काठमाडौं, २ चैत

नेशनल सफ्टवेयर एण्ड आइटि सोलुसन प्रालिको स्वामित्वमा रहेको ‘सफ्टवयेर सोर्स कोड’, ‘युजर इन्टरफेस’ दुरूपयोग गरेको अभियोगमा रुपन्देहीको बुटवलस्थित प्रिफेस टक्नोलोजी प्रालि नामक कम्पनीका ३ जना संचालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्रिफेस टक्नोलोजी प्रालिका सञ्चालकहरु दाङ लमही नगरपालिका-५ घर भएका ३९ वर्षीय बिमल केसी, रुपन्देही मायादेवी गाउँपालिका-५ घर भएका ४० वर्षीय श्याम बहादुर चौधरी र नवलपरासी (पूर्व) कावसोती नगरपालिका-७ घर भएका ३६ वर्षीय शंकर ज्ञावली रहेका छन् ।

नेशनल सफ्टवेयर एण्ड आइटि सोलुसन प्रालिको ‘सफ्टवयेर सोर्स कोड’, ‘युजर इन्टरफेस’ सामान्य परिवर्तन वाहेक हुबहु नक्कल गरी बिभिन्न संघ संस्थालाई बिक्री वितरण गरेको भन्ने निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले विशिष्टिकृत प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सफ्टवेयर सोर्स कोड दुरूपयोग गरी विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कार्य गरेको खुल्न आएपछि उक्त कार्यमा संलग्न सञ्चालकहरुमध्ये उनीहरुलाई बुटवलबाट पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको तथा अन्य फरार संचालकहरुको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi