neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्सको जितमा रोनाल्डोको ह्याट्रिक

युभेन्ट्सको जितमा रोनाल्डोको ह्याट्रिक

Mar 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सानदार  जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले कग्लिअरिलाई ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।कग्लिअरिको जियोभन्नी सिमोनले एक गोल गरे ।

खेलको दशौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।त्यसपछि खेलको ३२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

दोस्रो हाफको ६१ औं मिनेटमा कग्लिअरिका जियोभन्नी सिमोनले एक गोल फर्काए ।

जितसंगै युभेन्ट्सले २६ खेलबाट ५५ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित कग्लिअरिको २७ खेलबाट २२ अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi