neapl investment mega bank
  • गृहपृष्ठ
  • चितवनका किसानहरुले एनसीसी बैंकबाट पाँच करोड रुपैयाँसम्म कर्जा पाउने

चितवनका किसानहरुले एनसीसी बैंकबाट पाँच करोड रुपैयाँसम्म कर्जा पाउने

Mar 15th, 2021

काठमाडौ, चैत २

चितवनका किसानहरुले एनसीसी बैंकबाट पाँच करोड रुपैयाँसम्म कर्जा पाउने भएकाछन । बैंकका अनुसार चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरुले व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जा पाउने भएका हुुन । यसको लागि बैंकले चितवन जिल्ला दुग्ध सहकारी संस्थासंग सम्झौता गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुुलियतपुर्ण कर्जाको लागि व्याज अनुदान सम्वन्धी कार्यबिधत्री २०७५ (तेस्रो संसोधन सहित) अन्र्तगत व्यवसायीक कर्जा प्रवाहको लागि बैंकले उक्त संस्थासंग सम्झौता गरेको हो । संम्झौतामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत रमेशराज अर्याल र संस्थाका तर्फबाट अध्यक्ष रत्नमणी न्यौपानेले हस्ताक्षर गरेकाछन । सम्झौता अनुसार पशुुपालक व्यक्ति वा किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म कर्जा पाउनेछन । कृषि तथा पशुुपालन गर्ने कम्पनीहरुको हकमा भने प्रति कम्पनी अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रवाह गरिने बैंकले जानकारी दिएको छ । यसबाट संघका बिभिन्न सहकारी संस्थाहरु सँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध४० हजार भन्दा बढी किसानहरु लाभान्वी तहुन सक्ने अपेक्षा राखिएको छ । यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवाशुल्क लाग्ने छैन, बैकले भनेको छ ।