neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आत्मघाती गोलमा युनाईटेडको जित

Mar 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्यामलाई १-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर युनाईटेडले आत्मघाती गोलबाट जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औँ मिनेटमा वेस्ट ह्यामका क्रेग डासनले आत्मघाती गोल गरेका थिए ।

जितसंगै युनाईटेडले २९ खेलबाट ५७ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्यामको २८ खेलबाट ४८ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi