काठमाडौ, चैत १
ग्लोबल आइएमई बैंक लिमिटेडले चैत एक गतेदेखि अर्थात आज “८.५ प्रतिसत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७” निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको, एक हजार रुपैयाँ प्रतिऋणपत्र अंकित मूल्यका ३० लाखकित्ता ऋणपत्र निष्काशन गरेको हो ।
निष्काशन गरिएको कुल ऋणपत्र मध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्र मध्ये पाँच प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।
बैकले यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८.५ प्रतिसतका दरले अर्ध वार्षिकरुपमा ब्याज भुक्तानी गरिने छ । बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित क्रणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्रि हुने अवस्थामा रहेको बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई औषत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । त्यसैगरी, ऋणपत्रलाई भने कम जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।
बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धककोरुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयर मार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवमं तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।
बैंकले मुलुकभर तथामुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले सात वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।