neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रियलको जितमा बेन्जिमाले गरे दुई गोल

Mar 14th, 2021

काठमाडौ, १ चैत

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले एल्चलाई २-१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे।एल्चका डानी क्याल्भोले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने एल्चले लिएको थियो।खेलको ६१ औँ मिनेटमा एल्चका डानी क्याल्भोले गोल गर्दै एल्चलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७३ औँ रियलका करिम बेन्जिमाले गोल गर्दै खेल बराबरीमा फर्काए

त्यसपछि इन्जुरी समयमा करिम बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २(१ को सहज जित दिलाए ।

जितसंगै रियलले २७ खेलबाट ५७ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित एल्चको २६ खेलबाट २४ अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi