neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • धराप बन्दै बालकोट–चांगाथली–लुभू सडक, सडकको बिचमा रहेको ढलमा छैन ढक्कन

धराप बन्दै बालकोट–चांगाथली–लुभू सडक, सडकको बिचमा रहेको ढलमा छैन ढक्कन

Mar 13th, 2021

आधारभूमि संवाददाता
ललितपुर, फागुन २९


स्थानीय सरकार बनेपछि विकास निर्माणका गतिविधीमा उल्लेख्य बृद्धी भएसँगै बाटो निर्माण स्थानिय तहको चासो ह्वात्तै बढेको छ । सहरका विभिन्न ठाउँमा सडक फराकिलो पार्ने कार्य गरिनुका साथै, ढल हालिएका छन्, सडक कालोपत्रे गरिएका छन् । तर अव्यवस्थित तरिकाले विकास निर्माणका कार्य गर्दा सडकको बिचमा रहेको विद्युतका पोल बाटोमै कालोपत्रेसँगै च्यापीएर बसेको छन् । कतै ढलको मंगल नछोपिँदा सडकको बिच भागमा धर्तीले केही खान मन गरे जस्तो मुख बाहिर बसेका छन् । आफ्नो वडामा यस्तो अवस्था भएता पनि वडाका जनप्रतिनिधीहरु भने यसलाई सामान्य रुपमा लिएर चासो समेत नदिइ बसेका छन् ।

यस्तै समस्या भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं। २ र ललितपुरकोे महालक्ष्मी नगरपालिका वडा नं। ७ हुदै लुभू जोड्ने सडक अहिले धराप जस्तै बनेको छ । दैनिक हजारौँ सवारीसाधन आवत जावत हुने उक्त सडकको बिच भागमा बिजुलीका पोल छन् त कतै बिच सडकमा ढलको मंगलमा ढक्कन राखिएको छैन । सधैँ व्यस्त हुने उक्त सडकको अवस्था दयनिय हुँदा पनि स्थानिय जनप्रतिनिधी मौन छन् ।

यस विषयमा महालक्ष्मी नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष नकुल थापालाई बारम्बार जानकारी गराउँदा समेत कुनै चासो नगरेको एक स्थानी सडक प्रयोगकर्ता केशव के।सीले बताए । अर्का सडक प्रयोगकर्ता बाबुराजा महर्जनले भने, दैनिक ५ जना लड्ने गरी सडक प्वाल पर्दा पनि यो देशका ३ तहको सरकार नभएको भान हुन्छ, यदि सरकार भएको भए किन जनताको दैनिक सरोकारको कामलाई वेवास्ता गरिन्थ्यो । त्यसैले समयमै सम्बन्धित निकायको ध्यान यसमा जाओस् । यस विषयमा महालक्ष्मी नगरपालिका वडा नं ७ का कर्मचारीहरुसँग बुझ्न खोज्दा खाल्डो कुन ठाउँमा छ भन्ने कुरा पनि थाहा नभएको पाइयो । महिनौदेखि बाटोको बिचमा छ ढलको खाल्डो तर वडा कार्यलय भने यस विषयमा अनविज्ञ रहेको छ ।

काम छिटो सक्ने नाममा हो या विकास बजेट छिटो सक्ने नाममा होस् । सडकमा भएको पोल नहटाइ पिच गरिन्छ, ढलको ढक्कन खुला छोडिन्छ । ठेकेदार कम्पनी सँग स्थानिय जनप्रतिनिधीको संयोजनमा गरिेने यस्ता विकास निर्माणका काममा बिजुलीको पोल हटाउन पहल समेत नगरी जनप्रतिनिधीहरु सडक कालोपत्रे गर्न हतार गर्ने गरेको एक स्थानियले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi