neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गर्ने महिला पक्राउ

भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गर्ने महिला पक्राउ

Mar 12th, 2021

काठमाडौं, २८ फागुन

भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी)संचालन गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङको सहयोगीले एक महिलालाई चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौं कलंकीबाट बसमा चढाई साथमा लैजाने क्रममा बेहोस हुने औषधी पानीमा मिलाई खुवाई वेहोश बनाएपश्चात तामाङको कोठीमा लगि बिक्री गरेपछि तामाङले बन्धक बनाई राखी जबरजस्ती बेश्यावृतिमा लगाएको भन्ने जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव वेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi