neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंकद्वारा जानकी मन्दिर जनकपुरमा क्युआर कोड सुरु

एभरेष्ट बैंकद्वारा जानकी मन्दिर जनकपुरमा क्युआर कोड सुरु

Mar 12th, 2021

काठमाडौ, फागुुन २८

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि जानकी मन्दिर, जनकपुरमा क्युआर कोड बाट सम्पर्करहित भेटी चडाउने सेवा सुरु गरेको छ ।

बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त।रामतपेश्वर दासले संयुक्तरुपमा उक्त नयाँ सेवाको उद्घाटन गरेकाहुन् । उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मार्केटिङ्ग् प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको पनि उपस्थिती रहेको थियो । उक्त समारोहमा बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमारले आफ्नो मन्तव्यको क्रममा, नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्युआर कोड प्रयोग गरी भेटी चडाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने जानकारी गराए ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।