neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बराबरीमा रोकियो युनाईटेड र मिलान

Mar 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २८


युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा युनाईटेड र मिलान बराबरीमा रोकिएका छन् । बिहीबार राति भएको खेलमा युनाईटेडले एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा युनाईटेडको लागि आमद डियालोले एक गोल गरे भने एसी मिलानको लागि साइमन केजेरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने युनाईटेडले लिएको थियो। खेलको ५० औं मिनेटमा आमद डियालोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, इन्जुरी समयमा मिलानका साइमन केजेरले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

अब दोस्रो लेग मार्च १९ मा मिलानको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi