neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिकोलाई ६ अंकको अग्रता

शीर्ष स्थानको एट्लेटिकोलाई ६ अंकको अग्रता

Mar 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२७ फागुन

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ६ अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले एथलेटिक बिलबाओलाई २-१ गोलले पराजित गरेको हो ।

एट्लेटिको मड्रिडलाई जित दिलाउन लुइस सुआरेज र मार्कोस लोरेन्टेले एक-एक गोल गरे।बिलबाओको इकर मुनिएनले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता बिलबाओले लिएको थियो । खेलको २१ औं मिनेटमा इकर मुनिएनले गोल गर्दै बिलबाओलाई अग्रता दिलाएका थिए ।तर,पहिलो हाफको इन्जुरी समयमा एट्लेटिकोका मार्कोस लोरेन्टेलेले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५१ औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई २-१ ले अघि बढाए।त्यसपछि कुनै गोल हुन सकेन र एट्लेटिकोले जित निकालेको हो ।

जितसँगै एट्लेटिकोले २६ खेलबाट ६२ अंक जोडेको छ र शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ ।पराजित एथलेटिक बिलबाओको २६ खेलबाट ३३ अंक छ र आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi