neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुल क्वाटरफाइनलमा

Mar 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २७
लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा लिभरपुलले आरबी लाइपजिगलाई २-० गोलले पराजित गर्दै समग्रमा ४-० को जित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा पनि लिभरपुलले आरबी लाइपजिगलाई २-० गोलले पराजित गरेको थियो।

बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ७० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi