neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरियो

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरियो

Mar 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २७

बार्सिलोना यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका थिए। तर, समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाट बाहिरिएको हो ।पहिलो लेगमा बार्सिलोनालाई पीएसजीले ४-१ गोलले पराजित गरेको थियो।

बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाको लागि लिओनेल मेस्सीले एक गोल गरे भने पीएसजीको लागि केलियन एमबाप्पेले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने पीएसजीले लिएको थियो। खेलको ३० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ३७ औं मिनेटमा बार्सिलोनाका लिओनेल मेस्सीले गोल गर्दै खेल बराबरीमा फर्काए।तर समग्रमाको आधारमा पीएसजी क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।पीएसजीका कुर्जावाले एन्टोनियो ग्रीजम्यानलाई फउल गरेका थिए । तर, मेस्सी गोल गर्न चुके ।सन् २०१५ पछि मेस्सीले पहिलो पटक च्याम्पियन्स लिग फुटबलमा पेनाल्टीमा गोल गर्न चुकेका हुन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi