neapl investment mega bank
  • गृहपृष्ठ
  • माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा लुम्बिनीमा

माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा लुम्बिनीमा

Mar 10th, 2021

काठमाडौं, फागुुन २६

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा सुरु भएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकले प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क क्यु.आर कोडबाटै भुक्तानी गर्न सक्छन । विशेषगरी चाइनिज पर्यटकले भने वी च्याट पेको माध्यमबाट सहयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यो बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा उक्त सेवा दिदैं आएको छ । अन्य क्षेत्र पनि पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उदे्श्य रहेको बैकले जनाएको छ ।