neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरियो

युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरियो

Mar 10th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २६


युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।मंगलबार राति युभेन्टसको मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा युभेन्ट्सले पोर्टोलाई ३-२ गोलले पराजित गरे पनि अवे गोलको आधारमा पोर्टो क्वार्टरफाइनलमा प्रवेश गरेको हो।यस अघि पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २-१ गोलअन्तरले पराजित गरेको थियो।

मंगलबार राति भएको खेलमा पहिलो अग्रता भने पोर्टोले लिएको थियो। खेलको १९ औं मिनेटमा सर्जियो ओलिविराले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ४९ औं मिनेटमा युभेन्टसका फेडरिको चियासाले गोल गर्दै खेल बराबरीमा ल्याए ‌।

खेलको ५४ औं मिनेटमा पोर्टोका मेहदी तारेमीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो ।जसको फाइदा युभेन्टसले उठाउँन सकेन।

खेलको ६३ औं मिनेटमा युभेन्टसका फेडरिको चियासाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।चियासाले गोल गरे सँगै खेल समग्रमा ३-३ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ११५ औं मिनेटमा सर्जियो ओलिविराले व्यक्तिगत दोस्रो गोल गर्दै पार्टोलाई २–२ गोलको बराबरी दिलाए। लगत्तै,११७ औं मिनेटमा युभेन्टसका एड्रियन रबीओटले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।तर अवे गोलको आधारमा पोर्टो क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi