आधारभूमि संवाददाता
काठमाडौं, फागुन २५
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभरटनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीलाई जित दिलाउन जर्जिनहोले एक गोल गरे ।चेल्सीले एक गोल आत्मघाति गोल उपहार पाएको थियो ।
खेलको ३१ औँ मिनेटमा एभरटनका बेन गडफ्रीले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफको ६५ औं मिनेटमा जर्जिनहोले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।त्यसपछि कुनै गोल हुन सकेन र चेल्सीले जित निकालेको हो ।
जितसँगै चेल्सीले २८ खेलबाट ५० अंक जोडेको छ र चौंथो स्थानमा उक्लिएको छ। पराजित एभरटनको ४६ अंक छ र छैठौं स्थानमा छ ।