neapl investment mega bank
  • गृहपृष्ठ
  • होलसेल तरकारी तथा फलफूल बजारको भब्य उद्घाटन

होलसेल तरकारी तथा फलफूल बजारको भब्य उद्घाटन

Mar 7th, 2021

काठमाडौ, फागुन २३

गत शनिबार, आधुनिक कृषि बजारका अध्यक्ष श्री रबिन्द्र ज्वारचन ज्यूको अध्यक्षतामा, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको ग्रान्ड ओपनिङ्ग भव्य रुपमा समाप्त भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन सम्माननिय माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाबाट रिबन कटिंग समारोह गरिएको हो । कृषि बजारमा रहेको २५० स्टल मार्फत अर्गानिक तरकारी तथा फलफूलहरु सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । अब सम्पूर्ण उपभोक्ताहरुले रोजीरोजी, ताजा र चाहे जस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउने छन् ।

मुख्यतया बजारको उदेश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरु उपलब्ध गराउनु हो । यसरी सम्पूर्ण उपभोक्ताहरुको सहजताका लागि संचालनमा ल्याइएको, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम् अस्पतालको पछाडीपट्टि अवस्थित छ ।