neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न , नयाँ कार्य समितिको सर्वसम्मत चयन

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न , नयाँ कार्य समितिको सर्वसम्मत चयन

Mar 7th, 2021

काठमाडौ, फागुुन २३

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । परिसंघको यही फागुुन २२ गते शनिवार सम्पन्न भएको बार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितीमम पवनकुमार गोल्यान (बाणिज्य बैंक¬) अध्यक्ष, भोज बहादुर शाह (बाणिज्य बैंक¬) वरिष्ठ उपाध्यक्ष, राजेशउपाध्याय (विकास बैंक¬) उपाध्यक्ष, केशवबहादुर रायमाझी (बाणिज्य बैंक¬) महासचिव, तुलसीराम अग्रवाल (बाणिज्य बैंक¬) कोषाध्यक्ष, कुशप्रसाद मल्ली (फाइनान्स कम्पनी) सचिव, मनोज कुमार केडीया (बाणिज्य बैंक¬) सह कोषाध्यक्ष, पृथ्वीबहादुर पाण्डे (बाणिज्य बैंक¬) सदस्य,, तुलसी प्रसाद गौतम (बाणिज्य बैंक¬) सदस्य, इच्छा राजतामाङ (बाणिज्य बैंक¬) सदस्य, उपेन्द्र केशरी न्यौपाने (बाणिज्य बैंक¬) सदस्य,, महेन्द्र कुमार गोयल (विकास बैंक¬) सदस्य, दशरथ रिसाल (विकास बैंक¬) सदस्य र हिरेन्द्र मान प्रधान (प¬mाइनान्स कम्पनी) सदस्य रहेकाछन । परिसंघका अनुसार उक्त निर्वाचन कार्यक्रम अधिवक्ता बालकृष्ण ढकालको संयोजनमा सम्पन्न भएको हो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई बर्षमा गरिने विषयहरुवारे जानकारी गराउँदै संस्थालाई राष्ट्रकै अभिन्न अंगकोरुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै, नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौ साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लागि पर्ने विषयमा जोड दिए । राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्तगर्न सकिने धारणा व्यक्त गरे ।

महासचिव केशवबहादुर रायमाझीले संचालन गरेको उक्त साधारण सभाको समापन सत्रमा संस्थाका वरिष्ठ उपाध्यक्षश्री भोजबहादुर शाह लगायत अन्य पदाधिकारी तथा सदस्यहरुले समेत सिविफिनलाई नयाँ उचाइमा पुर्याउनका लागि कार्यसमितिले अबलम्वन गर्ने कार्यदिशा र रणनीतिका वारेमा प्रकाश पारे ।

यस अघि साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिए । साथै उक्त उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर र नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायहरुको उत्थानका लागि सिविफिनविको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्ट्रको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गरे ।